भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाण्डौमा वर्षा, मध्यपहाडी लोकमार्ग हिमपातले अवरुद्ध

काठमाण्डौमा वर्षा, मध्यपहाडी लोकमार्ग हिमपातले अवरुद्ध

मुख्य बुँदा

काठमाण्डौमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षा

देशको पश्चिमी र उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात

मध्यपहाडी लोकमार्ग ठूलो हिमपातले पूर्ण अवरुद्ध

सयौँ यात्री अलपत्र, तत्काल सडक खुल्ने संभावना कम

मौसम सुधार भोलिदेखि हुने अपेक्षा

काठमाण्डौ, १४ माघ । काठमाण्डौ उपत्यकामा आज पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण छिटपुट वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणाली पूर्वतर्फ सर्दै गएको छ र यसको प्रभावले उपत्यकामा हल्का वर्षा भइरहेको हो।

देशको पश्चिम क्षेत्रमा भने कतै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल पूर्वतिर सर्दै गएपछि पूर्वी पहाडी जिल्लाका केही स्थानमा दिउँसो पानी पर्ने सम्भावना छ। उच्च भेगमा भने हिमपात जारी रहनेछ। मौसमभविष्यवक्ताका अनुसार भोलिदेखि मौसम सुधार हुने छ।

यसैबीच हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रमा ठूलो हिमपात भएको छ।

इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरका अनुसार लोकमार्ग अवरुद्ध भएपछि सयौँ यात्री अलपत्र परेका छन्। निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना भने कम रहेको उनले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.