भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

नाभाल्नीको मृत्युमा दुर्लभ विष प्रयोग भएको दाबी, रुसमाथि अन्तर्राष्ट्रिय दबाब बढ्यो

नाभाल्नीको मृत्युमा दुर्लभ विष प्रयोग भएको दाबी, रुसमाथि अन्तर्राष्ट्रिय दबाब बढ्यो

एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी को मृत्यु प्रकरणमा दुर्लभ र प्रतिबन्धित विष प्रयोग गरिएको दाबी गरिएको छ । बेलायतसहितका युरोपेली देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नाभाल्नीको शरीरमा दक्षिण अमेरिकी भ्यागुताबाट निकालिने ‘एपिटिबाडाइन’ नामक घातक विष भेटिएको उल्लेख गरेका छन् ।

उक्त विषले स्नायु प्रणालीमा सीधा आक्रमण गरी शरीरलाई पक्षघात बनाउने क्षमता राख्ने बताइएको छ । नाभाल्नी जेलमै रहेका बेला यस्तो विष प्रयोग भएको दाबी गर्दै पश्चिमा राष्ट्रहरूले यस घटनामा रुस सरकारको संलग्नता हुनसक्ने आरोप लगाएका छन् । तर रुसले भने आरोप अस्वीकार गर्दै नाभाल्नीको मृत्यु प्राकृतिक कारणले भएको जिकिर गरेको छ । यस प्रकरणपछि रुस र पश्चिमी राष्ट्रबीचको कूटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको विश्लेषण गरिएको छ ।

यसैबीच इरान सरकारको नीतिविरुद्ध विश्वका विभिन्न शहरमा इरानी नागरिकले प्रदर्शन गरेका छन् । ग्लोबल डे अफ एक्सन अन्तर्गत म्युनिख, लस एन्जलस र टोरन्टो लगायत स्थानमा र्‍याली निकाल्दै प्रदर्शनकारीहरूले शासन परिवर्तनको माग गरेका छन् । प्रदर्शनलाई लिएर संयुक्त राज्य अमेरिका र इरानबीच कडा आरोप–प्रत्यारोप सुरु भएको छ । अमेरिकाले इरानी नागरिकको लोकतान्त्रिक अधिकारको समर्थन गरेको जनाएको छ भने इरानले यी आन्दोलनलाई अमेरिकी तथा इजरायल समर्थित षड्यन्त्र भन्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

विश्लेषकहरूका अनुसार इरानभित्र बढ्दो महँगी , बेरोजगारी र नागरिक स्वतन्त्रतामाथि अंकुशका कारण आन्दोलन थप तीव्र बन्ने संकेत देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.