भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वेस्ट इन्डिजसँगको खेलअघि वानखेडे बाहिर नेपाली समर्थकको भीड , जितको अपेक्षा उच्च

वेस्ट इन्डिजसँगको खेलअघि वानखेडे बाहिर नेपाली समर्थकको भीड , जितको अपेक्षा उच्च

मुम्बई, ३ फागुन । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिज क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान सवा ११ बजेदेखि वानखेडे स्टेडियम मा सुरु हुने तालिका छ ।

खेल सुरु हुनुभन्दा धेरै घण्टा अघि नै नेपाली समर्थकहरू स्टेडियम बाहिर उपस्थित भएका छन् । समर्थकहरू बिहानैदेखि उत्साहका साथ टोलीलाई समर्थन गर्न स्टेडियम परिसरमा भेला भएका हुन् ।

प्रत्यक्ष खेल हेर्न आएका धेरै समर्थक खेल सुरु हुनुभन्दा करिब तीन घण्टा अगाडिदेखि मरिन ड्राइभ क्षेत्रमा देखिएका छन् । उनीहरूले नेपालको जितको कामना गर्दै नाराबाजी र उत्साहपूर्ण माहोल बनाएका छन् ।

आजको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ , किनकि प्रतियोगितामा अघि बढ्न टोलीलाई जित आवश्यक रहेको विश्लेषण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.