भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नयाँ बसपार्क हत्या काण्ड: ५ सय सापटी फिर्ता नगरेपछि महिलाको घाँटी थिचेर हत्या, एक युवक गिरफ्तार

नयाँ बसपार्क हत्या काण्ड: ५ सय सापटी फिर्ता नगरेपछि महिलाको घाँटी थिचेर हत्या, एक युवक गिरफ्तार

काठमाडाैं । काठमाडौँको टोखा नगरपालिका – ९ स्थित नयाँ बसपार्कमा शनिबार फेला परेको शव हत्या गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।

घटनास्थलमा तन्नाले बेरिएको अवस्थामा भेटिएको शव सुरुमा तेस्रो लिङ्गीको भएको अनुमान गरिए पनि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले जाँचपछि उक्त शव महिलाको भएको पुष्टी गरेका हुन् । पोस्टमार्टम रिपोर्ट भने अझै सार्वजनिक भएको छैन । प्रहरीले हत्यामा संलग्न आरोपमा उदयपुर घर भएका सूर्य मगरलाई पक्राउ गरेको छ ।

बसपार्कस्थित एक होटलमा भान्सेका रूपमा काम गरिरहेका उनले मृतक महिलालाई ५ सय रुपैयाँ सापटी दिएको र सो रकम फिर्ता नदिँदा विवाद उत्पन्न भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।अनुसन्धान अधिकारीका अनुसार विवादकै क्रममा सूर्यले महिलाको घाँटी थिचेर हत्या गरेका हुन् । सूर्यले प्रहरीलाई प्रारम्भिक बयान दिँदै मृतक महिलाले आफू रुकुमबाट आएको बताएको बताएका छन् तर उनको वास्तविक पहिचान खुल्न बाँकी छ ।

काठमाडौँका एसएसपी रमेश बस्नेतले मृतकको विवरण पत्ता लगाउन विशेष टोली परिचालन गरिएको जानकारी दिए । उक्त शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न आज पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ ।

नयाँ बसपार्क क्षेत्रमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको भन्दै प्रहरीले सुरक्षामा कडाइ गर्ने जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.