भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शनिबार बिहानसम्म देशभर वर्षाको पूर्वानुमान, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

शनिबार बिहानसम्म देशभर वर्षाको पूर्वानुमान, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, १३ कात्तिक । दक्षिणतर्फ विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा, जबकि अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ । शनिबार बिहानदेखि मात्रै मौसममा सुधार आउने प्रवृत्ति देखिएको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार, आगामी २४ घण्टाभित्र काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा समेत वर्षा हुन सक्छ, तर सबै स्थानमा निरन्तर वर्षा नहुने बताएकाे छ ।

त्यस्तै आगामी २४ घण्टाभित्र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना पनि रहेको छ । विभागले वर्षासँगै चिसो बढ्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.