भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

शनिबार बिहानसम्म देशभर वर्षाको पूर्वानुमान, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

शनिबार बिहानसम्म देशभर वर्षाको पूर्वानुमान, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, १३ कात्तिक । दक्षिणतर्फ विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा, जबकि अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ । शनिबार बिहानदेखि मात्रै मौसममा सुधार आउने प्रवृत्ति देखिएको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार, आगामी २४ घण्टाभित्र काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा समेत वर्षा हुन सक्छ, तर सबै स्थानमा निरन्तर वर्षा नहुने बताएकाे छ ।

त्यस्तै आगामी २४ घण्टाभित्र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना पनि रहेको छ । विभागले वर्षासँगै चिसो बढ्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.