भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नेपाल प्रहरीमा ६७ डीएसपीको सरुवा , काठमाडौँ उपत्यकाका ६ वृत्त इन्चार्ज परिवर्तन

नेपाल प्रहरीमा ६७ डीएसपीको सरुवा , काठमाडौँ उपत्यकाका ६ वृत्त इन्चार्ज परिवर्तन

काठमाडौँ, ५ माघ २०८२ । नेपाल प्रहरीका ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले आइतबार राति डीएसपीहरूको सरुवासम्बन्धी निर्णय गरेका हुन् ।

सरुवासँगै काठमाडौँ उपत्यकाका ६ वटा प्रहरी वृत्तका इन्चार्जहरू परिवर्तन भएका छन् । प्रहरी वृत्त महाराजगन्जको जिम्मेवारी नवराज पोखरेललाई दिइएको छ भने वृत्त लैनचौरमा पुरुषोत्तम खड्कालाई सरुवा गरिएको छ । त्यसैगरी बालाजु वृत्तमा यमलाल बञ्जाडे , नयाँ बानेश्वरमा राजकुमार सिंह र चापागाउँ वृत्तमा शिला थापालाई पठाइएको छ ।

प्रहरी वृत्त जनसेवामा चन्द्रबहादुर थापाले जिम्मेवारी सम्हाल्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवामा अशोक थापा सरुवा भएका छन् । लमजुङमा जितेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय सिमरामा दिलीप क्षेत्री, इलाका प्रहरी कार्यालय बुटवलमा निशान्त श्रीवास्तव, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निशेष चापागाईं र पश्चिम रुकुममा बेदबहादुर पौडेललाई सरुवा गरिएको छ ।

त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयमा वीरेन्द्र गोदारलाई पठाइएको छ । दोलखामा मनोजकुमार लामा र तेह्रथुममा लक्ष्मण ओली सरुवा भएका छन् । केन्द्रीय कारागारस्थित नेपाल प्रहरी अनाश्रित गुल्ममा शैलेश न्यौपाने र इलाका प्रहरी कार्यालय गजुरीमा सुरज कार्कीलाई सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ ।






 


Thali Mobile Pvt.Ltd.