भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं, ४ जेठ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक रूपमा भित्रिने रकम अत्यन्त कम रहेको पाइएको छ। महालेखापरीक्षक कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको अन्तर बढ्दो क्रममा रहेको देखाएको हो।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १ हजार ९ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। तर, त्यसमध्ये ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड रुपैयाँ लगानी नेपाल भित्रिएको छ, जुन कुल स्वीकृत लगानीको १४ प्रतिशत मात्र हो।

महालेखापरीक्षक कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा विदेशी लगानीको प्रतिबद्धता बढ्दै गए पनि वास्तविक लगानी प्राप्ति भने घट्दो अवस्थामा रहेको छ। आर्थिक वर्ष २०७९/८० मा ३२ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएकोमा ९ अर्ब २० करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो। यो कुल स्वीकृत लगानीको २८ प्रतिशत हो।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ८१ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएकोमा १० अर्ब २९ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको थियो, जुन कुल स्वीकृत लगानीको १३ प्रतिशत हो।

प्रतिवेदनले वैदेशिक लगानीको प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसकेको उल्लेख गर्दै नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन तथा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायलाई सुझाव दिएको छ।

 


Thali Mobile Pvt.Ltd.