भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

‘उत्तेजनाबाट टाढा रही लोकतान्त्रिक प्रक्रियामा विश्वास राखाैं’ : प्रधानमन्त्री कार्की

‘उत्तेजनाबाट टाढा रही लोकतान्त्रिक प्रक्रियामा विश्वास राखाैं’ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ४ मसिर । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको तनावप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई अनावश्यक उक्साहट र राजनीतिक उत्तेजनाबाट टाढा रहन आह्वान गरेकी छन् । उनले युवा पुस्ताका माग र अपेक्षा लोकतान्त्रिक प्रक्रिया र विधिबाटै समाधान गर्न सकिने बताउँदै संवेदनशीलताको साथ अघि बढ्न आग्रह समेत गरिन् ।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले लोकतन्त्रभित्रका असन्तुष्टि र आक्रोशलाई जिम्मेवार ढंगले सम्बोधन गर्न सरकार तयार भएको उल्लेख गरिन् । “युवाहरूका वास्तविक अपेक्षाहरू पूरा गर्ने एक मात्र बाटो लोकतान्त्रिक प्रणाली नै हो,” उनले लेखेकी छन्, “त्यसैले सबै पक्षलाई संयमतापूर्वक लोकतान्त्रिक मार्गप्रति विश्वास स्थापित गर्न आग्रह गर्दछु ।”

प्रधानमन्त्री कार्कीले गृह प्रशासनलाई शान्ति – सुरक्षा कायम राख्न, राजनीतिक नेता तथा प्रतिनिधिहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न र निर्वाचनका कार्यक्रमहरू निष्पक्ष तथा भयमुक्त वातावरणमा सञ्चालन गर्न उच्च सतर्कतासहित जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिएकी छन् । उनले अभिव्यक्तिको स्वतन्त्रता संविधानले प्रदान गरेको अधिकार भए पनि त्यसको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु, विमानस्थलजस्ता संवेदनशील संरचनामा अवरोध सिर्जना गर्नु वा कानून हातमा लिनु कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने बताइन् ।

युवाहरूको असन्तुष्टि र राजनीतिक निराशालाई सरकारले गम्भीरतापूर्वक ध्यानमा लिएको  बताउँदै उनले अराजक गतिविधि लोकतन्त्रको मूल चरित्रसँग मेल नखाने बताइन् । 

 

 

 


Thali Mobile Pvt.Ltd.