भर्खरै : Sorry, your browser does not support inline SVG.
विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी | रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो | १ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता |

रवि लामिछाने र छविलाल जोशीकाे मुद्दामा आज पेसी, सर्वाेच्चकाे मिसिल उच्च अदालतमा पुग्याे

रवि लामिछाने र छविलाल जोशीकाे मुद्दामा आज पेसी, सर्वाेच्चकाे मिसिल उच्च अदालतमा पुग्याे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र पूर्व डिआइजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग सम्बन्धित बहुचर्चित सहकारी ठगी मुद्दामा आज पेसी चढाइएको छ ।

गत हप्तामात्र उच्च अदालत तुलसीपुर बुटवलको संयुक्त इजलास – न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालले दुवै जनाको मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । सोही आदेशअनुसार मिसिल अदालतमा पुगेपछि आजको पेसी निश्चित भएको उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । उनका अनुसार गोलाप्रथाबाट कुन इजलासमा बहस हुने हो, आजै टुंगो लाग्नेछ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई थुनामै राख्ने निर्णय गरेको थियो । जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए । यसअघि अदालतले लामिछाने र जोशी दुवैको मुद्दा एउटै साथ हेर्न आदेश गरिसकेको छ ।

आजको पेसीमा दुवै पक्षका कानुन व्यवसायीहरू उपस्थित भएर बहस गर्ने तयारीमा छन् । लामिछाने नख्खु कारागारमा छन् भने सह – अभियुक्त जोशी भैरहवामा थुनामा रहेका छन् ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.