भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

त्रिपक्षीय बैठकमा मिराज ढुंगानाका सर्तहरू: जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म

त्रिपक्षीय बैठकमा मिराज ढुंगानाका सर्तहरू: जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सम्पन्न त्रिपक्षीय बैठकमा ‘गरी खान देऊ अभियान’का अध्यक्ष तथा जेनजी (GenZ) आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले राजनीतिक मागहरू अघि सारेका छन् ।

ढुंगानाले जिल्ला समन्वय समिति (DCC) तत्काल खारेज गर्नुपर्ने माग राख्दै संघीय संरचनामा सुधारको आवश्यकता औंल्याएका छन् । उनका अनुसार, “प्रदेश सभा र सरकार अहिलेको स्वरूपमा अत्यधिक खर्चिलो र बोझिलो भएका छन् । स्थानीय तहमा सन्तुलन र नियन्त्रणको अभाव छ, त्यसैले प्रदेश सभालाई पुनःसंरचना गर्न आवश्यक छ ।”

उनले प्रस्ताव गरे अनुसार, प्रत्येक प्रदेश अन्तर्गतका स्थानीय तहका प्रतिनिधिहरूबाट बनेको सभा नै प्रदेश सभाको रूप लिने र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गर्नुपर्नेछ । साथै, प्रदेशका मन्त्रीहरू गैर-राजनीतिक विज्ञ समूहबाट नियुक्त गर्ने प्रणाली लागू गर्नुपर्ने सुझाव पनि उनले दिएका छन् । बैठकमा ढुंगानाले नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने प्रावधान पनि आफ्नो सर्तको रूपमा अघि सारे ।

त्यस्तै उनले जेनजी आन्दोलनलाई तत्कालै राजनीतिक जनआन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेहरूको व्यवस्थापनका लागि आयोग गठन गर्नुपर्ने, र २३ र २४ कात्तिकमा भएका आन्दोलनमाथिको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.