भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

रविलाई छाड्ने आदेश पछि रास्वपाले भन्यो, ‘देशमा न्याय प्रणाली जीवित छ ।’

रविलाई छाड्ने आदेश पछि रास्वपाले भन्यो, ‘देशमा न्याय प्रणाली जीवित छ ।’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि रास्वपाले देशमा न्याय प्रणाली जीवित रहेको प्रतिक्रिया दिएको छ । पोखरामा रहेका पार्टीका प्रवक्ता मनिष झाले अदालतको आदेशले ‘यो देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने पुष्टि गरेको’ बताए ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनले भने, ‘यो आदेशले राज्यपछि लागेपछि कसैको केही लाग्दैन भन्ने भाष्यलाई गलत हो भन्ने स्थापित गर्‍यो ।

गठबन्धनले जतिसुकै प्रतिशोध गरेपनि न्यायमाथि विश्वास थियो, जुन अझ बढेर गएको छ ।’

 


Thali Mobile Pvt.Ltd.