भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘अदृश्य शक्तिको लक्ष्य सरकार–दलबीच टकराव उत्पन्न गर्नु हो’ : नेतृ झाँक्री

‘अदृश्य शक्तिको लक्ष्य सरकार–दलबीच टकराव उत्पन्न गर्नु हो’ : नेतृ झाँक्री

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिमरामा भएको जेनजीसम्बन्धी घटनालाई अत्यन्तै दुःखद बताउँदै केही दृश्य–अदृश्य शक्तिहरू सरकार र राजनीतिक दलहरूलाई एकअर्कासँग भिडाउनु चाहन्छन् भन्ने आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सिमरामा देखिएको तनाव कुनै साधारण घटना नभइ योजनाबद्ध उक्साहटको परिणाम हुनसक्ने उल्लेख गर्दै संविधानमाथि प्रहार गर्न खोज्ने समूह सक्रिय रहेको आरोप लगाइन् । झाँक्रीका अनुसार हजारौं नागरिकको बलिदान र त्यागपछि बनेको संविधानले नेपालीलाई स्वतन्त्र रुपमा हिँडडुल गर्ने, विचार रोज्ने, आफूले मन पराएको राजनीतिक दल वा धारमा संगठित हुने तथा शान्तिपूर्ण रुपमा सभा – जुलुस गर्ने अधिकार दिएको छ । “यी मौलिक हक सुरक्षित राख्नु सरकारको प्रमुख दायित्व हो,” उनले लेखेकी छन् ।

उनले सरकारको पहिलो जिम्मेवारी नागरिकको सुरक्षाको ग्यारेन्टी, शान्ति – सुरक्षा कायम गर्ने र सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्नु हो भन्ने स्मरण गराउँदै सिमरामा देखिएको अवस्था सही दिशामा नभएको टिप्पणी गरेकी छन् । “अब प्रतिशोध र बलप्रयोग होइन, संवादमार्फत समाधानतर्फ अग्रसर हुनुपर्छ,” उनले भनेकी छन्। झाँक्रीले देश, राष्ट्र र सार्वभौमिकताको सवालमा सबै देशभक्त एक पटक पुनः एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.