भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

‘अदृश्य शक्तिको लक्ष्य सरकार–दलबीच टकराव उत्पन्न गर्नु हो’ : नेतृ झाँक्री

‘अदृश्य शक्तिको लक्ष्य सरकार–दलबीच टकराव उत्पन्न गर्नु हो’ : नेतृ झाँक्री

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिमरामा भएको जेनजीसम्बन्धी घटनालाई अत्यन्तै दुःखद बताउँदै केही दृश्य–अदृश्य शक्तिहरू सरकार र राजनीतिक दलहरूलाई एकअर्कासँग भिडाउनु चाहन्छन् भन्ने आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सिमरामा देखिएको तनाव कुनै साधारण घटना नभइ योजनाबद्ध उक्साहटको परिणाम हुनसक्ने उल्लेख गर्दै संविधानमाथि प्रहार गर्न खोज्ने समूह सक्रिय रहेको आरोप लगाइन् । झाँक्रीका अनुसार हजारौं नागरिकको बलिदान र त्यागपछि बनेको संविधानले नेपालीलाई स्वतन्त्र रुपमा हिँडडुल गर्ने, विचार रोज्ने, आफूले मन पराएको राजनीतिक दल वा धारमा संगठित हुने तथा शान्तिपूर्ण रुपमा सभा – जुलुस गर्ने अधिकार दिएको छ । “यी मौलिक हक सुरक्षित राख्नु सरकारको प्रमुख दायित्व हो,” उनले लेखेकी छन् ।

उनले सरकारको पहिलो जिम्मेवारी नागरिकको सुरक्षाको ग्यारेन्टी, शान्ति – सुरक्षा कायम गर्ने र सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्नु हो भन्ने स्मरण गराउँदै सिमरामा देखिएको अवस्था सही दिशामा नभएको टिप्पणी गरेकी छन् । “अब प्रतिशोध र बलप्रयोग होइन, संवादमार्फत समाधानतर्फ अग्रसर हुनुपर्छ,” उनले भनेकी छन्। झाँक्रीले देश, राष्ट्र र सार्वभौमिकताको सवालमा सबै देशभक्त एक पटक पुनः एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.