भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

शिक्षक आन्दोलनबारे रामकुमारी झाँक्रीको टिप्पणी : “अब त तपाईंहरूको रमिता बढी भयो”

शिक्षक आन्दोलनबारे रामकुमारी झाँक्रीको टिप्पणी : “अब त तपाईंहरूको रमिता बढी भयो”

काठमाडौं, ६ वैशाख । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै कडा टिप्पणी गरेकी छन्। उनले आन्दोलनलाई “रमिता” को संज्ञा दिँदै अब यसले हद पार गरिसकेको बताइन्।

शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै १८ दिनदेखि राजधानीको सडकमा उत्रिएका छन्। प्रधानमन्त्री र सभामुखसँग छलफल भए पनि कुनै सहमति जुट्न नसकेपछि आन्दोलन जारी राख्ने निर्णय गरिएको छ। यही सन्दर्भमा झाँक्रीले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेकी हुन्।

झाँक्रीले भनेकी थिइन्:

“अब चाहिं शिक्षकहरूको रमिता बढी भयो। यतिका दिनदेखि आउने, गाउने, जाने — सडकमा रमाइलो जस्तो भइरहेको छ। म पनि सडक नजिकबाट हेरेँ। चासो लाग्यो, संवाद गरौं भनेर धेरै प्रयास गरें। तर उहाँहरू त ‘ऐन अहिले पास हुनैपर्छ, नभए हामी फर्किन्नौं’ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो?”

झाँक्रीले थप प्रश्न उठाउँदै भनिन् कि संसदले आफ्नै प्रक्रिया अनुसार विधेयक पारित गर्ने हो, न कि सडकको दबाबमा।“राज्यको तलब खाने शिक्षकहरूले लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पार्न मिल्छ? निजी विद्यालयहरू भर्ना सुरु गरेर कक्षा सञ्चालन गर्दैछन्, तर यहाँ केही सरकारी विद्यालयको नतिजा शून्य छ। के तपाईंहरूलाई यसको चिन्ता छ?”

उनले शिक्षकहरूको आन्दोलनको कारण विद्यालय बन्द हुनुले विद्यार्थीको भविष्यमा असर पार्ने बताउँदै सरकार र संसदलाई विश्वास गर्न शिक्षकहरूलाई आग्रह गरिन्। उनले स्पष्ट पारिन्, विधेयक अहिले समितिमा दफावार छलफलमा छ र यस अधिवेशनमै पारित हुनेछ। “सररमेडमहरू, अब विद्यालय फर्कनुस्। आफ्नो जिम्मेवारी बहन गर्नुस्। सरकारले प्रतिबद्धता जनाएको छ  ऐन आउँछ। आन्दोलनमार्फत ध्यानाकर्षण गराउनु ठिकै हो, तर अब समय आएको छ, विद्यालय फर्किने।” 

 


Thali Mobile Pvt.Ltd.