भिलेज हाइल्याण्ड रिसोर्टः भक्तपुरको काखमा बसेको स्वर्ग
भिलेज हाइल्याण्ड रिसोर्ट, रानीकोट एतिहासिक जिल्ला भक्तपुरकाे एक रमणीय गन्तव्य हो, जो प्राकृतिक सुन्दरता र शान्तिको खोजीमा रहनेहरूका लागि उपयुक्त छ। यो रिसोर्ट भक्तपुर जिल्लाको दक्षिणी भागमा रानीकोट पहाडको टुप्पोमा अवस्थित छ । समुद्र सतहबाट करिब २००० मिटर उचाइमा रहेकाे याे ठाउँ काठमाडौंबाट करिब १८ किलोमिटर र भक्तपुरकाे सूर्यविनायकबाट ७ किलोमिटरको दूरीमा अवस्थित छ । समय र दुरीका हिसावले यो ठाउँ सजिलै पहुँचयोग्य छ। यहाँबाट लाङटाङ हिमशृंखला, काठमाडौं उपत्यका र वरपरका हरियाली पहाडहरूको मनमोहक दृश्य देखिन्छ। यहाँ ठाउँ आएर प्रकृतिसंग रमाउदै विभिन्न पर्यटकीय गतिविधिहरू गर्नाले तपाईंको यात्रालाई अविस्मरणीय बनाउँछ। यहाँ रानीकोट क्षेत्रमा गर्न सकिने गतिविधिहरूको विस्तृत चर्चा गरिएकाे छ ।
भिलेज हाइल्याण्ड रिसोर्ट एक पर्यटकमैत्री रिसोर्ट हो । यहाँकाे आधुनिक सुविधा र ग्रामीण आतिथ्यताले यसकाे माैलिकतालाई झल्काउछ। यो रिसोर्ट पहाडको उचाइमा अवस्थित भएकाले यहाँबाट हिमाल र उपत्यकाको पानोरामिक दृश्य अवलोकन गर्न सकिन्छ। रिसोर्टका कोठाहरू बाल्कोनीसहितका छन्, जहाँबाट बाहिरको सुन्दर दृश्य हेर्न सकिन्छ। यहाँको शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक हरियालीले शहरको व्यस्त जीवनबाट टाढा बसेर आराम गर्न चाहनेहरूलाई आकर्षित गर्छ। रिसोर्टमा रेस्टुरेन्ट, बार, स्विमिङ पूल, हरियाली बगैचा, बच्चाहरूका लागि बालमैत्रि खेल्ने ठाउँ लगायतका सुविधाहरू उपलब्ध छन् । जसले यहाँको बसाइलाई थप सुन्दर, प्रफुल्ल र आन्नदित बनाउँछ ।

रानीकोट क्षेत्रमा बसेर गर्न सकिने विभिन्न गतिविधिहरू छन् । याे प्रकृति, साहसिकता, संस्कृति र विश्रामको संयोजन स्थल हाे । यहाँ हरेक उमेर समूहका पर्यटकहरूले गर्न सकिने मुख्य गतिविधिहरू उल्लेख गरिएको छ:
१. हाइकिङ र पदयात्रा:
रानीकोट क्षेत्र हाइकिङ र छोटो पदयात्राका लागि उत्कृष्ट ठाउँ हो । यस रिसोर्टबाट नजिकै रहेकाे बाघभैरव मन्दिर र रानीकाेट गढीमा छाेटाे पैदल यात्रा गर्न सकिन्छ । बाघभैरव र रानीकोट किल्ला (फोर्ट) सम्मको छाेटाे हाइकिङ यहाँको प्रमुख आकर्षण पनि हो । यो ऐतिहासिक किल्ला रानीकोट पहाडको टुप्पोमा छ । यहाँबाट काठमाडौं उपत्यका, वरपरका हरियाली वनजंगल र हिमालको सुन्दर पानाेरमिक दृश्य देखिन्छ । यो पदयात्रा करिब लगभव आधा घण्टाको हुन्छ । बिहान सबेरै यो हाइकिङ गरेर सूर्योदय हेर्नु अविस्मरणीय अनुभव हुन सक्छ।

२. सूर्योदय र सूर्यास्त अवलोकन:
रानीकोटको उचाइ र खुला दृश्यले सूर्योदय र सूर्यास्त हेर्ने अवसर प्रदान गर्छ। भिलेज हाइल्याण्ड रिसोर्टको बाल्कोनी वा छतबाट यो दृश्यको मजा पनि लिन सकिन्छ। नयाँ वर्षको पहिलो दिन बिहान सूर्योदय हेरेर नयाँ सुरुवातको संकल्प लिन पनि सकिन्छ । सूर्यास्तको समयमा रानीकोट पहाड र उपत्यकाको सुनौलो रंगले मनमोहक वातावरण बनाइदिन्छ । अनि साहित्य र कलामा रूची राख्ने जाे काेहिले नयाँ हरफहरू काेर्न सक्छन् । सुनाैलाे वातावरणमा चराचुरूंगीकाे चिरवीर मुधरसंगीतकाे समुन्द्रमा पाैडिन सक्छन् ।
३. फोटोग्राफी:
रानीकोटको प्राकृतिक सुन्दरता र भिलेज हाइल्याण्ड रिसोर्टको परिवेश फोटोग्राफी प्रेमीहरूका लागि स्वर्ग हो । यहाँ हिमाल, हरियाली पहाड, गाउँ र उपत्यकाको दृश्यले उत्कृष्ट फोटो खिच्ने अवसर दिन्छ। रानीकोट किल्ला, स्थानीय गाउँ र रिसोर्टको आकर्षक डिजाइन पनि मनमा फाेटाेकाे काैतुहलता जगाउँछ । विशेष समयमा यहाँ खिचिएका तस्बिरहरूले तपाईंको सम्झनालाई जीवन्त राख्नेछ।
४. क्याम्पफायर र बार्बेक्यू:
हाइल्याण्ड रिसोर्टमा क्याम्पफायर र बार्बेक्यूको व्यवस्था गर्न सकिन्छ । आफ्नो विशेषसमयमा साँझ परिवार वा साथीभाइसँग क्याम्पफायरको वरपर बसेर गीतसंगीत, नृत्य र रमाइलो गर्न सकिन्छ । रिसोर्टले बार्बेक्यूको सुविधा पनि प्रदान गर्छ, जहाँ तपाईं स्वादिष्ट परिकारको मजा लिन सक्नुहुन्छ। चिसो मौसममा यो गतिविधिले थप न्यानोपन र उत्साह थप्न सक्छ ।
५. स्थानीय संस्कृति र गाउँ भ्रमण:
रानीकोट क्षेत्रमा स्थानीय गाउँको भ्रमण गर्न सकिन्छ । यहाँको परम्परागत जीवनशैली, खेतीपाती र नेवारी संस्कृतिको झल्को पाइन्छ। रानीकोट आसपासकाे गाउँ टुरले तपाईंलाई स्थानीय बासिन्दाहरूसँग जोड्ने अवसर दिन्छ । नजिकैको बाग भैरव मन्दिरको दर्शन पनि गर्न सकिन्छ । बाघ भैरब हिन्दु , बाैद्ध घर्मको संगम स्थल पनि हो । यहाँ गुरु रिम्पोछे तपस्या गरेकाे स्थल पनि हो । यस क्षेत्रमा नेवार, तामाङ, क्षेत्री र बाहुन समुदायकाे मिश्रित परम्परा र संस्कति अवलोकन गर्न सकिन्छ । त्यस्तै रानीकाेट पाँचपाण्डवहरू डाेलेश्वर महादेव आएको बाटो पनि हाे भन्ने किम्बदन्धी रहेकाे छ । यो भ्रमणले यहाँकाे सांस्कृतिक अनुभव र ग्रामीण जीवन नजिकबाट अवलोकन गर्ने मौका दिन्छ । त्यस्तै यहाँ जंगल सफारी पनि गर्न सक्नुहुनेछ ।

६. स्विमिङ र विश्राम:
हाइल्याण्ड रिसोर्टमा स्विमिङ पूलको सुविधा पनि छ। गर्मीको समयमा यहाँ पौडी खेल्न सकिन्छ भने चिसो मौसममा पनि रमाइलोका लागि पूलसाइडमा समय बिताउन सकिन्छ। रिसोर्टको छतमा बसेर चिया वा कफीको चुस्की लिँदै प्रकृतिको मजा लिनु पनि यहाँको विशेष गतिविधि हो। यो विश्रामले तपाईंको मन र शरीर दुवैलाई नयाँ उर्जा प्रद्दान गर्नेछ ।
७. योग र ध्यान:
रानीकोटको शान्त वातावरण र भिलेज हाइहाल्याण्ड रिसोर्टको अब्जरबेसन डेक वा हरियाली बगैँचा योग र ध्यानका लागि उपयुक्त छ। कुनै पनि अवसरमा यहाँ आएर बिहानको समयमा योग अभ्यास गर्न सकिन्छ। रिसोर्टले विशेष अनुरोधमा योग सत्रको व्यवस्था पनि गर्न सक्छ। यो गतिविधिले तपाईंलाई नयाँ ऊर्जा र मानसिक शान्ति प्रदान गर्छ।
८. रेस्टुरेन्टमा खानाको स्वाद:
रिसोर्टको रेस्टुरेन्टमा विभिन्न परिकारको स्वाद लिन सकिन्छ। यहाँ आधुनिक र स्थानीय नेपाली खानाहरू उपलब्ध छन् । बुफे, आ-ला-कार्टे वा कन्टिनेन्टल ब्रेकफास्टको विकल्प पनि छ। यहाँको स्वादिष्ट खाना र पेय पदार्थले तपाईंको अनुभवलाई थप विशेष बनाउँछ। रूफटप बारमा बसेर हिमालको दृश्यसँगै पेयको मजा लिनु पनि यहाँको आकर्षण हो । यहाँ खानामा सबै अर्गानिक पाइन्छ । पर्यटककाे अनुराेधमा रिसाेर्टले ट्राउट माछाका विभिन्न परिकारहरू पनि व्यवस्था गर्न सक्छ ।

रानीकोट पुग्न सूर्यविनायकबाट ७ किलोमिटरको पक्की र ग्राभेल बाटो छ। काठमाडौंबाट निजी सवारी वा ट्याक्सीमा करिब ३०-४५ मिनेट लाग्छ। रिसोर्टले पिकअप र ड्रप सुविधा पनि प्रदान गर्छ। यहाँको मौसम चिसो र स्वच्छ छ, जसले यात्रालाई थप रमाइलो बनाउँछ। रिसोर्टमा फ्री वाइफाइ, पार्किङ र २४ घण्टा रिसेप्सन जस्ता सुविधाहरू छन् ।
रानीकोटको प्राकृतिक सुन्दरता र भिलेज हाइहाल्ड रिसोर्टको आतिथ्यताले तपाईंको यात्रालाई बहुआयामिक बनाउँछ। यहाँ साहसिक हाइकिङ, शान्त विश्राम र सांस्कृतिक अनुभवको संयोजन छ। नयाँ वर्ष २०८२ को अवसरमा यहाँ आएर तपाईंले प्रकृतिको काखमा बसेर नयाँ ऊर्जा प्राप्त गर्न सक्नुहुन्छ। रिसोर्टको सुविधा र रानीकोटको वातावरणले परिवार, साथीभाइ वा एकल यात्रु सबैका लागि उपयुक्त वातावरण सिर्जना गर्छ।
नयाँ वर्षको विशेष प्याकेज बुक गर्न सम्पर्क गर्नुहोस्: ९८४११३००६७। प्रकृतिको काखमा रमाउँदै नयाँ वर्षको स्वागत गर्नुहोस् ।

