भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकाको चर्चमा गोलीकाण्ड र आगलागी: कम्तीमा चारको मृत्यु, आठ घाइते

अमेरिकाको चर्चमा गोलीकाण्ड र आगलागी: कम्तीमा चारको मृत्यु, आठ घाइते

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्स चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, ४० वर्षीय सन्दिग्ध आक्रमणकारी थोमस जेकब स्यानफोर्ड घटनामा मारिएका छन् । उनले गाडी चर्चको ढोकामा ठोक्काएर अन्धाधुन्ध गोली चलाएका थिए र त्यसपछि पेट्रोल छर्केर गिर्जाघरमा आगो लगाएका थिए । ग्रान्ड ब्ल्याङ्कका प्रहरी प्रमुख विलियम रेनीले घटनास्थलमा थप शव भेटिएको जानकारी दिए। आगलागीले चर्च पूर्ण क्षति भएको र अझै केही बेपत्ता हुनसक्ने बताएका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीले ज्वलनशील पदार्थ प्रयोग गरी चर्चमा आगो लगाएको पुष्टि भएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र बाँकी सातको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै दुईवटा अमेरिकी झण्डा राखिएको ट्रक फेला परेको छ। प्रहरीले आक्रमणकारीको घर र फोन अभिलेखको अनुसन्धान अघि बढाइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा “सन्दिग्ध व्यक्ति मारिएका छन्, तर अझै धेरै कुरा पत्ता लगाउन बाँकी छ” भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.