भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

रास्वपाको सचिवालय बैठक बस्दै: महाधिवेशन तयारीदेखि आर्थिक पारदर्शितासम्म ६ एजेन्डामा छलफल

रास्वपाको सचिवालय बैठक बस्दै: महाधिवेशन तयारीदेखि आर्थिक पारदर्शितासम्म ६ एजेन्डामा छलफल

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा सांगठनिक सुदृढीकरण र महाधिवेशन तयारीलाई केन्द्रमा राख्दै ६ वटा मुख्य एजेन्डामा छलफल हुनेछ । विशेषगरी ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत समीक्षा गरिनेछ भने महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय लिने तयारी छ ।

यस्तै, पार्टीको आर्थिक पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले बैंक खाता सञ्चालन तथा वित्तीय व्यवस्थापनका विषयमा पनि छलफल हुने जनाइएको छ । संगठन विस्तारको क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा मनोनयन गर्ने विषय पनि बैठकको प्राथमिकतामा रहनेछ ।

यसपटक रास्वपाले नयाँ अभ्यासको रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई समेत मुख्य एजेन्डामा समेटेको छ । साथै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी, र संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग तथा लेवी व्यवस्थापनबारे पनि विस्तृत छलफल गरिने बताइएकाे छ ।

 

 


Thali Mobile Pvt.Ltd.