भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

असन क्षेत्रमा हरेक शनिबार सवारी निषेध, ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु

असन क्षेत्रमा हरेक शनिबार सवारी निषेध, ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिका ले असन क्षेत्रको मौलिकता संरक्षण गर्ने उद्देश्यसहित हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

‘भेहिकल फ्रि असन’ नाम दिइएको यो कार्यक्रम आजदेखि कार्यान्वयनमा आएको हो । कार्यक्रमअन्तर्गत असन क्षेत्रका विभिन्न गल्लीहरूमा सवारी साधन निषेध गरिनेछ भने सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधिहरू सञ्चालन गरिनेछन् ।

शनिबारका दिन असनमा रैथाने सीप तथा ज्ञानको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, गायन, वादन तथा नृत्यजस्ता गतिविधि आयोजना गरिने महानगरपालिकाले जनाएको छ ।

यसअघि चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी गरिए पनि आवश्यक व्यवस्थापनका लागि समय थप्दै वैशाख ५ बाट लागू गरिएको हो ।

निषेधित क्षेत्रहरू:
महानगरपालिका वडा नं. २७ अन्तर्गत कमलाक्षी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा शनिबार सवारी साधन प्रवेश निषेध गरिएको छ ।

यस अवधिमा जमलतर्फबाट कमलाछी सिंह ढोका, भोटाहिटी कलश ढोका, वीर अस्पताल क्षेत्र, इन्द्रचोक, मच्छिन्द्रबहाल, मांस गल्लीलगायत स्थानबाट असन प्रवेशमा रोक लगाइनेछ । मोटरसाइकलसमेत प्रतिबन्धित रहनेछ ।

पार्किङ व्यवस्था:
असन आउने आगन्तुकहरूले धरहरा को भूमिगत पार्किङ, जमल बहाल, दरबार हाइस्कुललगायत तोकिएका स्थानमा सवारी राखेर पैदल हिँडेर प्रवेश गर्नुपर्नेछ ।

महानगरले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सवारी चालकलाई आग्रह गरेको छ ।

असन क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक तथा सामाजिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बललाई दिइएको छ ।

महानगरका अनुसार यस कार्यक्रमले परम्परागत सम्पदा संरक्षण, सांस्कृतिक पहिचान प्रवर्द्धन तथा सहरभित्रको जीवनशैली जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.