भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

असन क्षेत्रमा हरेक शनिबार सवारी निषेध, ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु

असन क्षेत्रमा हरेक शनिबार सवारी निषेध, ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिका ले असन क्षेत्रको मौलिकता संरक्षण गर्ने उद्देश्यसहित हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

‘भेहिकल फ्रि असन’ नाम दिइएको यो कार्यक्रम आजदेखि कार्यान्वयनमा आएको हो । कार्यक्रमअन्तर्गत असन क्षेत्रका विभिन्न गल्लीहरूमा सवारी साधन निषेध गरिनेछ भने सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधिहरू सञ्चालन गरिनेछन् ।

शनिबारका दिन असनमा रैथाने सीप तथा ज्ञानको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, गायन, वादन तथा नृत्यजस्ता गतिविधि आयोजना गरिने महानगरपालिकाले जनाएको छ ।

यसअघि चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी गरिए पनि आवश्यक व्यवस्थापनका लागि समय थप्दै वैशाख ५ बाट लागू गरिएको हो ।

निषेधित क्षेत्रहरू:
महानगरपालिका वडा नं. २७ अन्तर्गत कमलाक्षी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा शनिबार सवारी साधन प्रवेश निषेध गरिएको छ ।

यस अवधिमा जमलतर्फबाट कमलाछी सिंह ढोका, भोटाहिटी कलश ढोका, वीर अस्पताल क्षेत्र, इन्द्रचोक, मच्छिन्द्रबहाल, मांस गल्लीलगायत स्थानबाट असन प्रवेशमा रोक लगाइनेछ । मोटरसाइकलसमेत प्रतिबन्धित रहनेछ ।

पार्किङ व्यवस्था:
असन आउने आगन्तुकहरूले धरहरा को भूमिगत पार्किङ, जमल बहाल, दरबार हाइस्कुललगायत तोकिएका स्थानमा सवारी राखेर पैदल हिँडेर प्रवेश गर्नुपर्नेछ ।

महानगरले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सवारी चालकलाई आग्रह गरेको छ ।

असन क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक तथा सामाजिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बललाई दिइएको छ ।

महानगरका अनुसार यस कार्यक्रमले परम्परागत सम्पदा संरक्षण, सांस्कृतिक पहिचान प्रवर्द्धन तथा सहरभित्रको जीवनशैली जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.