भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरहामा हावाहुरीको कहर: घरको पर्खाल भत्किँदा ६० वर्षीया महिलाको मृत्यु

सिरहामा हावाहुरीको कहर: घरको पर्खाल भत्किँदा ६० वर्षीया महिलाको मृत्यु

सिरहा, ६ वैशाख । सिरहा जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति करिब ८:४५ बजे आएको तीव्र हावाहुरीका कारण घरको पर्खाल खस्दा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा का प्रवक्ता एवं डीएसपी रमेशबहादुर पाल का अनुसार घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय महेशवारी को टोली घटनास्थल पुगेर आवश्यक विवरण संकलन गरेको थियो ।

प्रहरीका अनुसार मृतकको शव घरमै राखिएको छ भने घटनास्थल सुरक्षित गरिएको छ । उक्त स्थान इलाका प्रहरी कार्यालय महेशवारीबाट करिब ४.५ किलोमिटर पश्चिमतर्फ पर्दछ ।

 

 


Thali Mobile Pvt.Ltd.