भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सिरहामा हावाहुरीको कहर: घरको पर्खाल भत्किँदा ६० वर्षीया महिलाको मृत्यु

सिरहामा हावाहुरीको कहर: घरको पर्खाल भत्किँदा ६० वर्षीया महिलाको मृत्यु

सिरहा, ६ वैशाख । सिरहा जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति करिब ८:४५ बजे आएको तीव्र हावाहुरीका कारण घरको पर्खाल खस्दा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा का प्रवक्ता एवं डीएसपी रमेशबहादुर पाल का अनुसार घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय महेशवारी को टोली घटनास्थल पुगेर आवश्यक विवरण संकलन गरेको थियो ।

प्रहरीका अनुसार मृतकको शव घरमै राखिएको छ भने घटनास्थल सुरक्षित गरिएको छ । उक्त स्थान इलाका प्रहरी कार्यालय महेशवारीबाट करिब ४.५ किलोमिटर पश्चिमतर्फ पर्दछ ।

 

 


Thali Mobile Pvt.Ltd.