भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुर प्रथम सुर्यबिनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव मंसिर सातदेखि

भक्तपुर प्रथम सुर्यबिनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव मंसिर सातदेखि

भक्तपुर । सूर्यविनायक नगरपालिकाको पहिचान अझ स्थापित गर्ने उद्देश्यले कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । वडा नं. ३ बालकोट हनुमन्ते करिडोरमा यही मंसिर ७ गतेदेखि २२ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा।लिको आयोजनामा हुने महोत्सवको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कृषि र पर्यटनको विकास गर्ने लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष नवराज ढुंगानाले बताए ।

दीर्घकालीनरूपमा कृषि, घरेलु उद्योग र पर्यटनलाई मुख्य आर्थिक मेरुदण्ड बनाउने उद्देश्यले रैथाने उत्पादनका स्टलहरु मेलामा राखिने एवं राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.का सचिव दिपक दाहालले बताए । सूर्यविनायकमा पहिलोपटक यस्तो मेला आयोजना गर्न लागिएको भन्दै नगरपालिकाको समग्र आर्थिक विकासको रूपमा रहेका घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै कृषिलाई पर्यटनसँग जोडेर यहाँका उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोडने उद्देश्य रहेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साथै दिगो विकासको लक्ष्य हासिल गर्न महोत्सवले टेवा पुर्‍याउने विश्वास लिइएको छ । महोत्सबबाट स्थानीय उद्योगी तथा व्यवसायीको सञ्जाल विस्तार हुने, स्थानीय मौलिक उत्पादन तथा वस्तुको स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रियस्तरसम्म पुहुँच अभिवृद्धि हुने, कृषिलाई पर्यटन उद्योगसँग जोडेर लैजाने बताइएको छ ।

महोत्सवमा नगर भित्रका लघु, घरेलु साना उद्यमी एवं महिला उद्यमीको उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसाय, स्थानीय मौलिक उत्पादन, हस्तकला तथा काष्ठकलाका उत्पादन, पर्यटन उद्योगका उत्पादन, मौलिक नेवारी खाजा, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक–गायिकाको साङ्गीतिक प्रस्तुति, एक वडा एक निःशुल्क स्टलको व्यवस्था गरिएको प्रतिष्ठानका महासचिव चन्द्रमणी गौतमले बताए । महोत्सवमा एकलाखबढी सहभागीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.