भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारी अस्पतालमा हप्तामा दुई दिन बिदा लागू, ओपिडी सेवा प्रभावित

सरकारी अस्पतालमा हप्तामा दुई दिन बिदा लागू, ओपिडी सेवा प्रभावित

काठमाडौं,५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सरकारी अस्पतालहरूमा हप्ताको दुई दिन बिदा लागू गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा लागू हुनेछ । यस निर्णयसँगै बिदाका दिन अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) सेवा बन्द रहनेछ ।

यद्यपि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा भने २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

हप्तामा दुई दिन बिदा लागू हुँदा स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ । बिरामीलाई सेवा अभाव हुन नदिन आवश्यक परे नजिकका उपयुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।

यसका साथै एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न र उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत नियमित रूपमा अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.