भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

सरकारी अस्पतालमा हप्तामा दुई दिन बिदा लागू, ओपिडी सेवा प्रभावित

सरकारी अस्पतालमा हप्तामा दुई दिन बिदा लागू, ओपिडी सेवा प्रभावित

काठमाडौं,५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सरकारी अस्पतालहरूमा हप्ताको दुई दिन बिदा लागू गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा लागू हुनेछ । यस निर्णयसँगै बिदाका दिन अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) सेवा बन्द रहनेछ ।

यद्यपि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा भने २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

हप्तामा दुई दिन बिदा लागू हुँदा स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ । बिरामीलाई सेवा अभाव हुन नदिन आवश्यक परे नजिकका उपयुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।

यसका साथै एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न र उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत नियमित रूपमा अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.