भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुर नपामा उद्यमशीलता विकास तालिम शुरु

भक्तपुर नपामा उद्यमशीलता विकास तालिम शुरु

भक्तपुर । भक्तपुर नगरपालिकामा ८ दिने उद्यमशिलता विकास तालिम शुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गतको नपाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुलाई लक्षित गरी तालिम मंगलबारबाट सुरु भएको हो ।

कार्यक्रमको शुरुवात गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले युवाहरुलाई सीप प्रदान गर्ने उद्देश्यले समय समयमा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिहरको बताउनुहुँदै आर्थिक रुपमा कमजोर नागरिकहरुलाई नगरपालिकाले युवा उद्यमशीलता ऋण प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले अहिले वर्षेनी लाखौं युवाहरु विदेशिरहेको बताउनुहुँदै युवाहरुलाई आफ्नो देश आफैले विकास गर्नुपर्छ र नेपालमै बसेर केही काम गर्नुपर्छ भन्ने भावनाले प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले श्रम गरी खानेको इज्जत हुन्छ तर ठगेर, भ्रष्टाचार गरेर खानेको इज्जत हुँदैन भन्नुभयो ।

कार्यक्रममा भनपा–२ का वडाध्यक्ष हरि प्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, उपनिर्देशक प्रभाषकुमार चालिसे र प्रशिक्षक शोभा राउतले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन मेडपाका सहजकर्ता गीताकुमारी कोइरालाले गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.