भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर नपामा उद्यमशीलता विकास तालिम शुरु

भक्तपुर नपामा उद्यमशीलता विकास तालिम शुरु

भक्तपुर । भक्तपुर नगरपालिकामा ८ दिने उद्यमशिलता विकास तालिम शुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गतको नपाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुलाई लक्षित गरी तालिम मंगलबारबाट सुरु भएको हो ।

कार्यक्रमको शुरुवात गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले युवाहरुलाई सीप प्रदान गर्ने उद्देश्यले समय समयमा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिहरको बताउनुहुँदै आर्थिक रुपमा कमजोर नागरिकहरुलाई नगरपालिकाले युवा उद्यमशीलता ऋण प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले अहिले वर्षेनी लाखौं युवाहरु विदेशिरहेको बताउनुहुँदै युवाहरुलाई आफ्नो देश आफैले विकास गर्नुपर्छ र नेपालमै बसेर केही काम गर्नुपर्छ भन्ने भावनाले प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले श्रम गरी खानेको इज्जत हुन्छ तर ठगेर, भ्रष्टाचार गरेर खानेको इज्जत हुँदैन भन्नुभयो ।

कार्यक्रममा भनपा–२ का वडाध्यक्ष हरि प्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, उपनिर्देशक प्रभाषकुमार चालिसे र प्रशिक्षक शोभा राउतले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन मेडपाका सहजकर्ता गीताकुमारी कोइरालाले गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.