गाउँमा मोटर पुगे पनि कर्णालीका बस्ती सुनसान, सटासटको चर्को प्रयोग, आँखा किताबमा होइन, गिलासमा !

गाउँमा मोटर पुगे पनि कर्णालीका बस्ती सुनसान, सटासटको चर्को प्रयोग, आँखा किताबमा होइन, गिलासमा !

दैलेख । गाउँमा मोटर पुगेको छ, बाटो खुलेको छ। प्रगतिको बाह्य रूप देखिन्छ, धूलो उडाउँदै गुड्ने जीप, बजारमा खुलेका पसलहरू, प्लास्टिकका सामान र मोबाइलका रिङटोन। तर ती गाउँ, आज मौन छन्।

गाउँमा मोटर पुगेपनि कर्णालीका बस्ती सुनसान, सटासटको चर्को प्रयोग

युवाहरू विदेशिएका छन्क–तार, दुबई, मलेशिया लगायतका विभिन्न देशमा छन् । कतिपय सहर पुगेका छन्– काठमाडौं, नेपालगञ्ज, सुर्खेत । गाउँमा छन् त केवल बढाबुढी – ती पनि आँखा झिम्काएर पुराना दिन सम्झिरहेका छन्। कर्णाली प्रदेशका गाउँहरूमा भौतिक पूर्वाधारको विकासले गति लिए पनि मानव संसाधनको पलायनले गम्भीर चुनौती भपेको छ ।

मोटर, सडक र व्यापारिक गतिविधिहरू बढिरहेका छन्, समाज र जनशक्ति बिना यी सबै विकासको असल परिणामको आशा गर्न कठिन हुन्छ । खेतहरू बाझो छन्। रोपाइँको सिजन आउँछ, तर रोप्‍ने मान्छे छैन। कर्णालीको माटो बाँझो नभई काम गर्ने युवा नहुनु एक मुख्य कारण हो ।

सटासट–एउटा रक्सीको नाम

यो शब्द रक्सी मात्र होइन, गाउँको विकासमा आइपरेको विनास हो । रक्सीले गाउँलाई टोकिरहेकोछ, मान्छेहरू दिनहूँ झ्याम्म–झ्याम्म लडिरहेछन्। गाउँका हरेक बस्तीमा रक्सीको राज छ । युवाहरू, जो बाँकी छन्, तिनको आँखा किताबमा होइन, गिलासमा छ ।कर्णालीका ग्रामीण क्षेत्रहरूमा मादक पदार्थको प्रयोग अझ बढ्दै गएको छ। गाउँका धेरै युवाहरू र बुज्रुकहरूको बिचमा ‘सटासट’ नामको मदिराले घर गरेको छ ।

यसले केवल व्यक्तिको स्वास्थ्यमा मात्रै समस्या पारेको छैन कि सम्पूर्ण गाउँको सामाजिक र सांस्कृतिक संरचनामा समेत असर गरेको छ । फलस्वरूप, सामाजिक मेलमिलापको अभाव, उच्चमनोबलको कमी, कर्मशीलता र उत्तरदायित्वमा समेत कमि आउँने देखिन्छ।

रोजगारको दुविधा
कर्णाली प्रदेशमा अधिकांश युवा रोजगारीको खोजीमा सहर र विदेश पलायन भएको पाइन्छ । युवाको पलायन मुख्य रूपमा आर्थिक असमानता, सस्तो श्रम बजार र विदेशमा आकर्षक तलबका अवसरहरू हो । यस पलायनले कर्णालीका गाउँका अर्थतन्त्रलाई बलियो होइन कमजोर बनाएको छ।

युवाशक्रि प्रदेशीनुको कारण स्थानीय कृषि उत्पादन घट्दै गएको छ । यसले कर्णालीको विकासमा दीर्घकालीन असर पार्ने सम्भावना बढाइरहेको छ।

शिक्षामा सुधार गर्नु जरुरी

कर्णालीका गाउँ बस्तीमा शिक्षाको अवस्था चिन्ताजनक रहेको छ। विद्यालयमा विद्यार्थीको कमी र शिक्षकको अभाव जस्ता समस्या व्यापक रूपमा रहेका छन् । विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै जानुको कारण गुणस्तरिय शिक्षा नहुनु हो । वर्तमान अवस्था र समस्या समाधान गर्न तीन तहका सरकारले ध्यान दिनु जरुरी छ ।

समस्या समाधान गर्न स्थानिय प्रशासनले सकारात्मक पहल गर्नु आवश्यक छ। नयाँ प्राविधिक शिक्षा, र व्यवसायहरूको प्रवर्धन गर्नका लागि विशेष नीतिहरू बनाउनु आवश्यक छ। शिक्षा क्षेत्रलाई सुधारेर प्राविधिक र व्यावसायिक शिक्षामा लगानी बढाउनु उपयुक्त हुने देखिन्छ । सरकारले कृषि र प्राविधिक शिक्षामा विशेष ध्यान दिनु पर्नेछ।

 


Thali Mobile Pvt.Ltd.