भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

भ्याटिकनमा ट्रम्प-जेलेन्स्कीबीच छोटो भेट

भ्याटिकनमा ट्रम्प-जेलेन्स्कीबीच छोटो भेट

ऐजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भ्याटिकनमा भेटवार्ता भएको छ। पोप फ्रान्सिसको अन्त्येष्टि समारोह सुरू हुनु अघिको छोटो भेटमा, ट्रम्पले रुसी राष्ट्रपति पुटिनको युद्ध अन्त्य गर्ने इच्छाशक्ति माथि प्रश्न उठाउनुभएको बताइएको छ।

यो भेट फेब्रुअरीमा भएको अमेरिका–युक्रेन विवादपछिको उनीहरूको पहिलो प्रत्यक्ष संवाद हो। विवादका कारण केही समयका लागि हतियार आपूर्ति र गुप्तचर जानकारीको आदानप्रदान समेत रोकिएको थियो।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ट्रम्पसँगको सकारात्मक भेटका लागि धन्यवाद दिँदै, यो भेट युक्रेनी नागरिकको जीवन रक्षा र बिना सर्त दीगो शान्तिको सम्भावनाका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभएको छ।

 


Thali Mobile Pvt.Ltd.