भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भ्याटिकनमा ट्रम्प-जेलेन्स्कीबीच छोटो भेट

भ्याटिकनमा ट्रम्प-जेलेन्स्कीबीच छोटो भेट

ऐजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भ्याटिकनमा भेटवार्ता भएको छ। पोप फ्रान्सिसको अन्त्येष्टि समारोह सुरू हुनु अघिको छोटो भेटमा, ट्रम्पले रुसी राष्ट्रपति पुटिनको युद्ध अन्त्य गर्ने इच्छाशक्ति माथि प्रश्न उठाउनुभएको बताइएको छ।

यो भेट फेब्रुअरीमा भएको अमेरिका–युक्रेन विवादपछिको उनीहरूको पहिलो प्रत्यक्ष संवाद हो। विवादका कारण केही समयका लागि हतियार आपूर्ति र गुप्तचर जानकारीको आदानप्रदान समेत रोकिएको थियो।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ट्रम्पसँगको सकारात्मक भेटका लागि धन्यवाद दिँदै, यो भेट युक्रेनी नागरिकको जीवन रक्षा र बिना सर्त दीगो शान्तिको सम्भावनाका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभएको छ।

 


Thali Mobile Pvt.Ltd.