भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गाजा स्थिरीकरण बलमा यमनको सहभागिताका लागि अमेरिकाको आग्रह, निर्णय अझै अनिश्चित

गाजा स्थिरीकरण बलमा यमनको सहभागिताका लागि अमेरिकाको आग्रह, निर्णय अझै अनिश्चित

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको शान्ति योजनाअन्तर्गत गाजामा खटिने प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलमा (ISF) सहभागी हुन यमनलाई अमेरिकाले आग्रह गरेको तथ्य बाहिर आएको छ । एएफपीले उद्धृत गरेका यमनका पाँच जना सरकारी स्रोतका अनुसार यसबारे प्रारम्भिक छलफल भइरहेको छ तर कुनै ठोस निर्णय भइसकेको छैन ।

राष्ट्रसंघले हालै मात्र ट्रम्पको गाजा सुरक्षा योजनालाई अनुमति दिन सक्ने संकेत दिएको छ । तर अरब तथा मुसलमान बहुल धेरै राष्ट्र प्यालेस्टिनी समूहमाथि प्रत्यक्ष भिडाइ हुने जोखिमका कारण उक्त बलमा सहभागी हुन हिच्किचाइरहेका छन् । यमनका कूटनीतिज्ञ, राष्ट्रपति नेतृत्व परिषद्का अधिकारी तथा एक वरिष्ठ सैनिक अधिकारीले नाम नखोल्ने शर्तमा बताएअनुसार यमनको सम्भावित योगदान “धेरैजसो प्रतीकात्मक” हुनसक्छ । एक उच्च सैन्य अधिकारीले भने, “यस विषयमा अमेरिकीहरूसँग छलफल भएको हो, तर औपचारिक अनुरोध भने प्राप्त भएको छैन ।”

इरान समर्थित हुथी विद्रोहीले २०१४ मा सानामा शासन कब्जा गरेपछि यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार विखण्डित अवस्थामै छ । हाल देशका धेरै प्रशासनिक क्षेत्र तथा जनसङ्ख्या हुथी समूहको नियन्त्रणमा छन् । यसैबीच हमासले अन्तर्राष्ट्रिय सुरक्षा बलको स्थापना नै अस्वीकार्य बताउँदै विरोध जनाइरहेको छ । हमाससँग नजिक मानिने हुथी समूहले यमनले उक्त बलमा सहभागी भए कडा प्रतिक्रिया जनाउने सम्भावना यमनका अधिकारीहरूले बताए ।

 

 

 


Thali Mobile Pvt.Ltd.