भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कानुन विपरीत काम गर्ने संस्थाका विषयमा सूचना दिन गृह मन्त्रालयको अनुरोध

कानुन विपरीत काम गर्ने संस्थाका विषयमा सूचना दिन गृह मन्त्रालयको अनुरोध

काठमाण्डौ । गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत काम गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।

आफ्नो गाउँ ठाउँमा त्यसरी सञ्चालन भएका संस्थाले कानुन विपरीत वा गर्नुपर्ने काम नगरेको भएमा जिल्ला प्रशासन कार्यालयमा सूचना दिएर सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता भएका वर्ग, पेसा वा क्षेत्रसँग सम्बन्धित संस्था र संस्था दर्ता ऐन, २०३४ बमोजिम स्थापना भएका संस्थामध्ये कतिपयले प्रचलित कानुन र संस्थाको उद्देश्य विपरीतका कार्य गरेको, दर्ता नै नगरी कार्यक्रम सञ्चालन गरेको गुनासा आएकाले त्यस्ता संस्थाबारे नागरिकबाट सूचना माग गरिएको बताउनुभयो ।

उहाँका अनुसार त्यस्ता संस्थाले समयमा नवीकरण नगरेको, संस्थागत सुशासन कायम नगरेको, गैरकानुनी रुपमा विदेशी सहायता लिएको, कार्यक्रम सञ्चालन गर्दा सुरक्षा सतर्कता नअपनाएको, संस्थाको नाममा रहेका सम्पत्तिको दुरुपयोग गरेको एवम् त्यस्तो सम्पत्ति सीमित व्यक्तिको हितमा उपयोग गरेको जस्ता गुनासाहरू आउने गरेका छन ।

गृह मन्त्रालयले कुनै संस्थाले कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ ।

प्रचलित कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरुले कानुन बमोजिम गर्नुपर्ने कार्य कानुनले तोकेको समयभित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्न पनि ती संस्थालाई अनुरोध गरिएको छ । कानुन बमोजिम सञ्चालनमा रहेर समाज विकासका लागि योगदान गर्ने संस्थाको भूमिकाका बारेमा भने मन्त्रालयले प्रशंसा गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.