भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कानुन विपरीत काम गर्ने संस्थाका विषयमा सूचना दिन गृह मन्त्रालयको अनुरोध

कानुन विपरीत काम गर्ने संस्थाका विषयमा सूचना दिन गृह मन्त्रालयको अनुरोध

काठमाण्डौ । गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत काम गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।

आफ्नो गाउँ ठाउँमा त्यसरी सञ्चालन भएका संस्थाले कानुन विपरीत वा गर्नुपर्ने काम नगरेको भएमा जिल्ला प्रशासन कार्यालयमा सूचना दिएर सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता भएका वर्ग, पेसा वा क्षेत्रसँग सम्बन्धित संस्था र संस्था दर्ता ऐन, २०३४ बमोजिम स्थापना भएका संस्थामध्ये कतिपयले प्रचलित कानुन र संस्थाको उद्देश्य विपरीतका कार्य गरेको, दर्ता नै नगरी कार्यक्रम सञ्चालन गरेको गुनासा आएकाले त्यस्ता संस्थाबारे नागरिकबाट सूचना माग गरिएको बताउनुभयो ।

उहाँका अनुसार त्यस्ता संस्थाले समयमा नवीकरण नगरेको, संस्थागत सुशासन कायम नगरेको, गैरकानुनी रुपमा विदेशी सहायता लिएको, कार्यक्रम सञ्चालन गर्दा सुरक्षा सतर्कता नअपनाएको, संस्थाको नाममा रहेका सम्पत्तिको दुरुपयोग गरेको एवम् त्यस्तो सम्पत्ति सीमित व्यक्तिको हितमा उपयोग गरेको जस्ता गुनासाहरू आउने गरेका छन ।

गृह मन्त्रालयले कुनै संस्थाले कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ ।

प्रचलित कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरुले कानुन बमोजिम गर्नुपर्ने कार्य कानुनले तोकेको समयभित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्न पनि ती संस्थालाई अनुरोध गरिएको छ । कानुन बमोजिम सञ्चालनमा रहेर समाज विकासका लागि योगदान गर्ने संस्थाको भूमिकाका बारेमा भने मन्त्रालयले प्रशंसा गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.