भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एसईई केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ राख्न निर्देशन

एसईई केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ राख्न निर्देशन

काठमाडौं । आगामी बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का केन्द्रमा अनिवार्य हेल्थ डेस्क राख्न र सावधानीपूर्वक सञ्चालन गर्न निर्देशन दिईएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल जारी गर्दै परीक्षा सम्वन्धि यस्तो निर्देशन दिएका हुन् । चैत्र ६ देखि १७ सम्म संचालन हुने परीक्षामा यो वर्ष देशभरका कुल ४ लाख ८२ हजार २सय १९ परीक्षार्थी सहभागी हुने छन् ।

एसइई परीक्षाका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।मन्त्री पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘यतिबेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसइई परीक्षलाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।

मन्त्री पोखरेलले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृति कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न अनुरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.