६ साउन २०७७ काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका ठप्प भएको छ । अविरल वर्षाका कारण धादिङ र चितवन जोड्ने मौवाखोला पुलको पिल्लरमा क्षेती पुगेकाे छ । सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क विच्छेद भएको हाे ।
खहरे खोलाले सडक र पुल बीचबाट जाने बाटो बनाएपछि सवारी आवागमन ठप्प भएको धादिङ प्रहरीले जनाएको छ । बाढीले करिब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ। सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ। मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ।
