६ साउन २०७७ काठमाण्डौं । किचलो झन बढेपछि विवादमै अल्झिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मिनेट पुरा नहुदै बसेर फेरि स्थगित भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटरमा मंगलबार दिउँसो सुरु भएको बैठक मिनेट पुरा नहुदै स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थगित भएको सूचना दिएसंगै बैठक स्थगित भएको हो ।
असार १७ गतेपछि ६ पटक स्थगित भएको बैठक आजका लागि सारिएको थियो । मंसिरमा महाधिवेशन गर्ने तयारी गर्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको ओली निकटका एक नेताले बताए । राजीनाम पनि नदिने बरू पार्टी अध्यक्ष माधव नेपाललाइ छोड्न ओली तयार भएको स्रोतको दावी छ ।
