बाढी बस्तीमा पसेपछि १५० परिवार…

बाढी बस्तीमा पसेपछि १५० परिवार…

६ साउन २०७७ विराटनगर । सुनवर्षी नगरपालिका–७ बाट बाँध फुटेर बस्तीमा पसेको छ । बाढीसहितको खोलो बस्तीमा पसेपछि चार परिवार विस्थापित भएका छन् ।

बाढीले घरमा क्षति गरेपछि सतारुको पाँच, विलाशको तीन, बरुणको छ र लक्ष्मणको चार जनाको परिवारले बासस्थान छाड्नु परेको छ । बाढी गाउँ पसेका कारण चैता र मल्धैया बस्तीका एक सय ५० बढी परिवार बाढीको उच्च जोखिममा रहेको नगर प्रमुख कालीप्रसाद दासले बताए ।

१५ मिटर जति बाँध तोड्दै छिरेको खोलो बस्तीबाटै बग्न थालेको छ । अविरल वर्षाका कारण बाँध फुटेर बस्तीमा पुगेको हो । विस्थापितलाई उद्धार गरी विद्यालयमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.