भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार

१८ जेष्ठ २०७७, रौतहट । स्वास्थकर्मीमाथि ढुंगामुढा प्रहार गर्नेमाथि कारवाही नगरिए रौतहट क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी काम छोडेर आन्दोलित हुदै उपचार ठप्प पार्ने चेतावनी दिएका छन् ।

भारतीय सीमा जोडिएको रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित भएका हुन् । तीन दिन अघि स्थानीय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितलाई गाउँकै एक मदरसामा राखेर उपचार गर्नुपर्ने माग गर्दै केही स्थानीयले सुरक्षाकर्मीसँगै स्वास्थकर्मी माथि ढुुंगामुढा गरेका थिए ।

ईशनाथ नगरपालिका वडा ६ जोकहागाँउमा भएको उक्त घटनामा आफनो ज्यान थाती राखेर बिरामीको सेवा गर्दा गर्दै आफुुहरु सुरक्षित नरहेको भन्दै नगर स्वास्थ्य संयोजक ईशराजुुल खानले आन्दोलनमा उत्रेको जानकारी दिएका छन् ।

दोषीलाई प्रशासनले कार्वाही नगरे, आन्दोलनको बेवास्ता गरे, सामुहिक रुपमै नगरभरका सबैजना स्वास्थकर्मी क्वारेन्टाइनमा काम नगर्ने भन्दै खानले चेतावनी दिए । दोषीलाई कारवाहीका साथै सबै स्वास्थकर्मीको सुरक्षाको जिम्मा स्थानीय प्रशासनले लिनुुपर्ने माग पनि रहेको संयोजक खानले बताएका छन् ।

यता, जिल्ला सुरक्षा समितिका संयोजक रौतहटका सिडिओ बाशुदेव घिमिरेले स्वास्थकर्मीमाथि ढुुंगामुढा गर्नेलाई कार्वाही गर्न पहल भइरहेको र स्वास्थकर्मीको सुरक्षाको जिम्मा पनि लिने प्रतिबद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.