भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘धनुषाका शैक्षिक संस्था बन्द’

‘धनुषाका शैक्षिक संस्था बन्द’

धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै धनुषाका निजी विद्यालय आइतबार बन्द गरिने भएका छन् । धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको संस्थागत विद्यालय संरक्षण समितिले जनाएको छ।

बम विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने समितिका संयोजक चन्द्रनारायण मण्डलले बताए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा शनिबार बिहान अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो । घटना कसले घटाएको हो भन्ने नखुल्द्र प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ।

 


Thali Mobile Pvt.Ltd.