भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

‘उधौलीकाे राैनक’

‘उधौलीकाे राैनक’

काठमाडौँ । किरात समुदायले टुडिखेलमा उधौली चाड मनाएका छन् । मंसिर पूर्णिमामा मनाइने उधौलीलाई ‘छिरिनाम’, ‘चासोक तङनाम’ पनि भन्ने गरिन्छ। साकेलामा किरात समुदायका राई, सुनुवार, याक्खा आदिले साकेला सिली नाच्ने गर्छन् । यो किरात समुदायको सबभन्दा ठूलो चाड हो ।

साकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ । यसैगरी वैशाख पूर्णिमामा साकेला उभौली मनाउने गरिन्छ। साकेला सिलीमा विभिन्न जीवजन्तु तथा मानव कार्यको नक्कल गरिन्छ । शनिबार टुँडिखेलमा यो समुदायले उधौलीको रौनक मचाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.