भर्खरै : Sorry, your browser does not support inline SVG.

महिनावारीका बेला प्रयोग गरिएका प्याड, पेन्टी, पेटीकाेटले जाजरकोटमा रक्सी बन्दै

महिनावारीका बेला प्रयोग गरिएका प्याड, पेन्टी, पेटीकाेटले जाजरकोटमा रक्सी बन्दै

जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा महिनावारी भएकोबेला प्रयोग गरिने प्याड र पेन्टी राखेर रक्सी बनाउने भेटिएको छ । जाँड र रक्सी बनाउदा व्यापक मात्रामा फोहर कपडा प्रयोग गरेको भेटिएको हो। स्थानीयको सहयोगमा प्रहरीले छापा मार्दा रक्सी बनाउन राखिएको भाडामा पेन्टी, पेटीकोट र रगतले भिजेका प्याडहरु प्रयोग गरिएको तथ्य खुलेको हो।

जाँडमा महिनावारीको बेला प्रयोग गरिएका प्याड, पेन्टी, पेटीकोट लगायतका फोहोर कपडा भेटिएको जाजरकोट प्रहरीले बताएको छ। मानव स्वास्थ्यको कुनै प्रवाह नै नगरि यसरी फोहर कपडा हालिएको डेढ सय लिटर मदिराजन्य पदार्थ बरामदपछि प्रहरीले नष्ट गरिएको छ।

भेरी नगरपालिकामा यस्तो भेटीएपछि अहिले स्थानीय टोल सुधार अभियानमा जुटेका छन् । टोललाई मदिरा निषेधित बनाउने भन्दै उनीहरुले जाँड-रक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निषेधित निर्णय गरेका छन् । स्थानीय प्रशासनबाट अनुमति लिएर नै मदिरा निषेधित अभियान थालेका उनीहरूले सामुदायिक प्रहरीकै सहकार्यमा टोल टोलमा यस्तो रक्सी नियन्त्रण अभियान थालेका हुन्।

एक हप्ताअघि नै मदिरा उत्पादन र बिक्री नगर्न सार्वजनिक सूचना जारी गरेर समिति र प्रहरीको सहकार्यमा छापा मार्दा यस्तो अवस्था भेटिएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए। मानव स्वास्थ्यलाई असर गर्ने मदिराजन्य पदार्थ स्थानीयको रोहवरमा नष्ट गरिएको उनले जानकारी दिए।

जाँड-रक्सी उत्पादन गर्नेलाई १० हजार र खानेलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने निर्णय भैसकेको र अव उपरान्त कोहि कसैले जाँड रक्सी बनाउने र सेवन गरेको भेटिए कडा भन्दा कडा कार्वाहीको भागेदारी बनाउने समितिकी सचिव गीता सिंहले बताइन्।

 


Thali Mobile Pvt.Ltd.