साउन २०७७ ओखलढुंगा । जन्मदिनको पाटी दिने भन्दै साथीलाई बोलाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने भन्दै शुक्रबार राति बोलाएर २३ वर्षीया साथीलाई बलात्कार गरेको उजुरी परेपछि युवक पक्राउ परेका हुन।
शुक्रबार युवकको जन्मदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राति घरैमा लिन गएर जबरजस्ती गरेको केटी पक्षले दिएको उजुरीमा उल्लेख छ। जन्म दिनमा मादक पदार्थ सेवन नगरे साथित्व टुट्रने भन्दै जवरजस्ती मदिरा सेवन गराएर आफूमाथि करणी गरेको युवतीले बताएकी छन् । पक्राउ परेका युवकलाई म्याद थप गरेर अनुसन्धान थालिएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।
