भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

धनगढी, ०७ असार । बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बाजुरामा बस दुर्घटना हुँदा बसमा सवार २४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको जानकारी दिए ।

घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामस्थित बयलपाटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसमा ३५ जना सवार रहेको एसपी कार्कीले बताए ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि बाजुरामा बस दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.