भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राहत प्याकेज ल्याउन सरकारलाइ कांग्रेसको सुझाव

राहत प्याकेज ल्याउन सरकारलाइ कांग्रेसको सुझाव

११ जेठ २०७७, काठमाडौं । सरकारले गर्नुपर्ने कामको फेहरिस्तासहित पार्टी कार्यालय सानेपामा विषेश समितिले सभापति शेर बहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

कोरोनापछिको नेपाली अर्थतन्त्र र सरकारले गर्नुपर्ने कामका विषयमा नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विषेश समितिले सूझाव सहितकाे प्रतिवेदन देउवालाई बुझाएको हाे । लकडाउनका कारण प्रभावित भएका क्षेत्र पहिचान गरेर राहत प्याकेज ल्याउन प्रतिवेदनमा भनिएको छ ।

भारतले १२ प्रतिशतसम्म राहतको प्याकेजको घोषणा गरेको भन्दै नेपाल पनि आफ्नो क्षमताअनुसारको राहत प्याकेज ल्याउन समितिले सुझाव दिएको हाे । लकडाउनकै कारण रोजगारी गुमाएका ७ लाख नागरिकका लागि वार्षिक एक सय दिनको ज्यालामा कम्तिमा ५१ हजार ७ सय रुपैयाँ सुनिश्चित गर्नुपर्ने उल्यख गरेको छ ।

३ लाख नागरिकलाई वार्षिक ५० दिनको २५ हजार ८ सय ५० रुपैयामा नघट्नेगरी स्थानीय विकासको काममा लगाएर रकम दिन समेत सुझावमा उल्लेख गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुलाई समेत राहत दिन सुझाव दिएको छ ।

समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ,‘स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि व्यवसाय दर्ता, निर्माण स्वीकृति, सम्पति सुरक्षा, वैदेशिक व्यापार, वित्तीय अवस्था, श्रम बजार, न्याय प्रणाली आदि लगायत सुशासनको जगमा सिर्जित अन्तराष्ट्रिय प्रतिष्पर्धात्मक सूचकांकहरुमा सुधार ल्याई लगानीको उपयुक्त वातावरण बनाउनु जरुरी छ ।’

 


Thali Mobile Pvt.Ltd.