भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सप्तकोशी पानीजहाज बन्द, सुरक्षा खै ?

सप्तकोशी पानीजहाज बन्द, सुरक्षा खै ?

सुनसरी । सुनसरीस्थित सप्तकोशी नदीको चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बन्द भएको छ । दुई वर्षदेखि व्यावसायिकरुपमा सञ्चालन हुँदै आएका सात पानीजहाज असुरक्षाका कारण बुधबारदेखि बन्द भएका हुन् ।

कमिशन, बिना टिकट यात्रा, अनाधिकृत बुकिङलगायतक धम्की दिदै जहाज सञ्चालनमा स्थानीयले अवरोध सिर्जना गरेपछि पानी जहाज बन्द गर्नुपरेको सञ्चालकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । स्थानीय सरकारले शान्ति सुरक्षाको प्रत्याभूति नदिएसम्म सेवा बन्द गर्ने सञ्चालकले बताएका छन् ।

जेटबोट (पानीजहाज)मा करोडौँको लगानी डुब्ने भन्दै यसबाट पर्यटन प्रवद्र्धनमा क्षेती पुग्ने र स्थानीयलाई आवागमनमा समेत असहज पैदा हुने जनाईएको छ ।

सप्तकोशीमा नदीमा सञ्चालन हुँदै आएको पानी जहाजमा एक यात्रु बराबर पाँच लाखको दुर्घटना बीमा रहेको भन्दै सञ्चालक राजेन्द्र कार्कीले पानीजहाजबाट सुनसरी चतराबाट भोजपुर सीमाना सिम्मेसम्मको सेवामा अबरोध हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.