भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सशस्त्रको सङ्ग्रामपुर ‘बिओपि’ भवन उद्घाटन

सशस्त्रको सङ्ग्रामपुर ‘बिओपि’ भवन उद्घाटन

सर्लाही । सशस्त्र प्रहरी बल नेपाल सङ्ग्रामपुर बि ओ पि भवनको उद्घाटन भएको छ । भवनको सशस्त्र प्रहरी बल नेपाल २ नं छिन्नमस्ता बाहिनीका बाहिनी पति राजु अर्यालले उद्घाटन गरेका हुन ।

बि ओ पि सङ्ग्रामपुरको भवन समुद्घाटन समारोहमा प्रमुख अतिथी समेत रहेका बाहिनीपति राजु अर्यालले कोरोना भाइसरको संक्रमण त्रास संसारमा फैलिरहेकाले सचेत रहन आग्रग गर्दै विश्व स्वास्थ्य संगठनले समेत नेपाल अति उच्च जोखिममा रहेको भनेकाले पनि उच्च सजकता अपनाउनु पर्ने बताए ।

सीमावर्ती क्षेत्रमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) भवनमा उद्घाटन भएसंगै स्थानीय वासिन्दाले उपलब्ध गराएको व्यक्तिगत घर टहरामा बस्नुकाे वाध्यता हटेको छ । नवनिर्मित बिओपी भवनको उद्घाटन गर्दै डिआईजी अर्यालले सशस्त्र प्रहरी आफ्नो कर्तव्य निर्वाह गर्न ईमान्दारिताका साथ लागि परेको बताए ।

सर्लाहीका सशस्त्र प्रहरी प्रमुख (एसपी) विनोदराज श्रेष्ठ, प्रदेशसभा सदस्य रवीन्द्र बैठा, हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम राय, पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतको उपस्थिति रहेको समारोहमा बिओपी राख्न घरटहरा प्रदान गर्ने शम्भु मण्डल, राजदेव मण्डल, अरुण मण्डललाई सम्मान गरिएको थियो ।

त्यस्तै नयाँ भवन बनाउन सहयोग गर्ने सुरेश राउत र नागेश्वर रायलाई कदर पत्र प्रदान गरिएको थियो । उल्यख्य सहभागिता रहेको बि ओ पि भवन उद्घाटन समारोहमा । खुला सीमा नाकाबाट हुने चोरी निकासी नियन्त्रण, राजस्व सङ्कलन लगायतका विषयमा चिन्ता व्यक्त गरिएको थियाे ।

BOPखुल्ला सीमा नाकाबाट हुने अबैध चोरी निकासी, पैठारी बरामदीमा गत आ.ब.को भन्दा यो आ.ब.को आठ महिनामा तिनगुणा भन्सार कार्यालयमा दाखिला गरेको जानकारी सशस्त्र प्रहरी बलका इन्सपेक्टर जयबहादुर दथेपुथेले बताए ।

 


Thali Mobile Pvt.Ltd.