भर्खरै : Sorry, your browser does not support inline SVG.

सीमानाका जमुनाहमा सवारीसाधनलाई पूर्ण रोक

सीमानाका जमुनाहमा सवारीसाधनलाई पूर्ण रोक

काठमाडौ । कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि जोखिम पूर्ण मानिएको बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि दुवैदेशका सुरक्षार्मीले ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका हुन । पैदल आवातजावतलाई भने यथावत राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने भन्दै जमुनाह नाका बन्द गर्नु परेको जनाईएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको थियाे ।

 


Thali Mobile Pvt.Ltd.