भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

स्थानीय सरकारकाे लापरबाहीका कारण गाउँ नै सिल

स्थानीय सरकारकाे लापरबाहीका कारण गाउँ नै सिल

४ साउन २०७७ रोल्पा । साउदीबाट गाउँ पुगेका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुष रिपोर्ट नआउँदै क्वरेण्टीनबाट निस्केर गाउँ डुलेपछि समुदायमा कोरोना फैलिएको आशंकामा गाउँ सिल गरिएको छ । गाउँभरी डुलेपछि उनको रिपोर्ट पोजेटिभ आउदा रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाका तीन वटा गाउँलाई सिल गरिएको हो ।

ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको कण्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको बताइएको छ । रोल्पा सदरमुकाम लिबाङ बजार पनि पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय राेल्पाले जनाएको छ ।

स्थानीय सरकारको लापरबाहीका कारण गाउँले भयावह स्थिति भोग्नु पर्ने अवस्था आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले बताए । सिल गरेर मात्र नहुने भन्दै ती व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने केसीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.