भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्व रवीन्द्र अधिकारीको शालिक अनावरण

स्व रवीन्द्र अधिकारीको शालिक अनावरण

पोखरा । फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गरेका हुन ।

पोखरा महानगरपालिका–१८ जामुनाबोटमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि १५ लाख बजेट उपलब्ध गराएको थियो । समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको भन्दै उनका अधुरा सपनालाई साकार पार्नु सबैको साझा कर्तव्य भएको गुरुङले बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, महानगरपालिका–१८ का वडाध्यक्ष एवं शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापालगायतले अधिकारीले देखाएको बाटोमा अधिबढ्ने बचनवद्धता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.