भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलको १३औँ दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दिवङ्गत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सपना र बाटोलाई अँगालेर जान पत्रकारलाई आग्रह गर्नुभयो ।

सो क्रममा उहाँले अहिलेसम्म रोकिएको आमसञ्चार प्रतिष्ठानको काम अगाडि बढ्ने, घाइतेको लागि निःशुल्क बीमा र संरक्षण कोष खडा हुने बताउनुभयो । त्यस्तै, अहिलेको प्रविधि उपयोग गरी प्रदेशस्तरीय सुरक्षा योजना निर्माण गरिने उहाँले जनाउनुभयो । कानुनमन्त्री जिसीका अनुसार प्राकृतिक विपत्तिका कारण मानवीय क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाउनेछ ।

 


Thali Mobile Pvt.Ltd.