भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले आसन्न माघ ७ गते कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहले बैठकले कर्णालीको दोस्रो आवधिक योजना, स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली–२०८१, विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि–२०८१, कर्णाली प्रदेश आमसञ्चार व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि तयार गरिएको सैद्धान्तिक अवधारणापत्र स्वीकृति गर्ने निर्णय गरिएको जानकारी दिए ।

यस्तै, कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि–२०८१, प्रशासन तथा विधेयक समितिबाट परिमार्जनसहित प्राप्त कर्णाली प्रदेश सरकार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

साथै, कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश जलचर संरक्षण विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि–२०८१, मुख्यमन्त्री डिजिटल शिक्षा र नमूना विद्यालय कार्यक्रम कार्यविधि–२०८१, वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि–२०८१, विद्यालय पूर्वाधार विस्तार सुधार कार्यक्रम कार्यविधि–२०८१ र महिला उद्यमी पुरस्कार वितरण कार्यविधि–२०८१ समेत स्वीकृत गर्ने निर्णयसमेत भएको प्रवक्ता शाहले जानकारी दिए ।

डोल्पामा अवस्थित अर्ध जलाशययुक्त एक सय २० मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा ४१ करोड ४९ लाख ३० हजार तीन सय ६० बराबरको शेयर प्रदेशका लागि सरकारले लगानी गर्ने, कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच भएको साझा प्रतिबद्धता अनुमोदन, बाल सुधारगृह स्थापना तथा सञ्चालनका लागि नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रवक्ता शाहका अनुसार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवको पदावधि सकिएको र नयाँ नियुक्तिका लागि गृहकार्य भइरहेको छ ।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भई बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सञ्चालन भएर समितिले पूर्णता पाएपछि दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको छ । योसँगै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले विगत १८ दिनदेखि गर्दै आएको आन्दोलनसमेत आजदेखि स्थगित भएको उहाँले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.