भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित

सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित

काठमाडौं, १४ जेठ । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

हिजो बेलुकी खसेको पहिरोले सडक पुरेपछि यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। करिब दश मिटर माथिबाट आएको सुख्खा पहिरोले ठूलो मात्रामा माटो र ढुङ्गा सडकमा थुपारेको छ।

पहिरो खसेलगत्तै उपकरण प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको भए पनि सानो उपकरणले काम गर्न नसकेपछि अहिले ठूला उपकरणको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।

सडक अवरुद्ध हुँदा माथिल्लो हुम्लाका पाँच गाउँपालिकातर्फ जाने तथा त्यहाँबाट आउने सवारी साधन सर्केगार्ड र खच्चा क्षेत्रमा रोकिएका छन्।

यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। स्थानीयका अनुसार उक्त क्षेत्रमा पटक–पटक सुख्खा पहिरो खस्ने समस्या रहँदै आएको छ। वर्षायाम सुरु भएसँगै जोखिम अझ बढेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.