भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित

सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित

काठमाडौं, १४ जेठ । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

हिजो बेलुकी खसेको पहिरोले सडक पुरेपछि यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। करिब दश मिटर माथिबाट आएको सुख्खा पहिरोले ठूलो मात्रामा माटो र ढुङ्गा सडकमा थुपारेको छ।

पहिरो खसेलगत्तै उपकरण प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको भए पनि सानो उपकरणले काम गर्न नसकेपछि अहिले ठूला उपकरणको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।

सडक अवरुद्ध हुँदा माथिल्लो हुम्लाका पाँच गाउँपालिकातर्फ जाने तथा त्यहाँबाट आउने सवारी साधन सर्केगार्ड र खच्चा क्षेत्रमा रोकिएका छन्।

यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। स्थानीयका अनुसार उक्त क्षेत्रमा पटक–पटक सुख्खा पहिरो खस्ने समस्या रहँदै आएको छ। वर्षायाम सुरु भएसँगै जोखिम अझ बढेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.