भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

इजरायलको आक्रमणमा सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

इजरायलको आक्रमणमा सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

एजेन्सी ।  इजरायली हवाई आक्रमणमा गाजामा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाइ आक्रमण गरेकाे थियाे । उक्तक्षेत्रबाट मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा उपचारमा राखेकाे छ।

त्यस्तै नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख गरेको छ। ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेकाे र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर निकाल्न गाह्रो भएकाे जनाएकाे छ ।

सिभिल डिफेन्सले पनि जबलिया शिविरमा रहेको आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा आफ्ना एक अधिकारीको मृत्यु भएको बताएको छ। यता हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले विज्ञप्तिमार्फत हमासद्वारा सञ्चालित अल-अक्सा टीभीका लागि काम गर्ने पत्रकारको गाजाको ब्याप्टिस्ट अस्पतालको पार्किङमा गोली लागेर मृत्यु भएको जानकारी दिएको छ। इजरायली सेनाले आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमाना मार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ।

 


Thali Mobile Pvt.Ltd.