भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गलत कुराको भ्रममा नपर्न साँसदको अपिल

गलत कुराको भ्रममा नपर्न साँसदको अपिल

सुर्खेत । प्रदेश सभा साँसद दानसिह परियारले गलत कुराको भ्रममा नपर्न अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारणले विश्व जगतले ठुलो चुनौती सामना गरिरहेको भन्दै यो संकटको घडिमा सबै सचेत भएर सुरक्षित बस्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा केहि गलत अफवाह फैलाउने मानिस देखि सावधानी रहन र गलत कुराको पछि नलाग्न भन्दै उनले दुःखमा परेका दाजुभाइको उद्धार गरिरहेको बताएका छन् ।

नेपाल सरकारले पुर्ब सावधानीका लागि चैत्र १२ गते देखि देशलाई पुरै लकडाउन गरेको अवस्थालाई मध्यनजर गरि जनप्रतिनिधिको नाताले सुर्खेत, नेपालगञ्ज, काठमाडौं र भारत देखि आएका बिद्यार्थी, मजदुर र अन्य गरि करिब ५ सय बढी मानिसको उद्दार गरेको जनाएका छन् ।

अझै कैयौं मानिस अलपत्रमा परेको र तिनिहरुको उद्दारकालागी पहल गरिरहेको जनाउदै आमुख व्यक्तिले राजनीतिक पुर्वाग्रही रुपमा सामाजिक संजालमा गरिएको प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

गलत कुरा सम्प्रेषण नगर्न अनुरोध गर्दै अलपत्र मुगाली युवालाई आफुसंगै राखेर अर्को ब्यबस्था नहुन्जेल सम्म सबै ब्यबस्था गर्ने जनाएका छन् । उनीसंगै रहेका युवाले पनि सामाजिक सञ्जालमा आएको गलतकुराको खण्डन गरेर भिडियो समेत पोष्ट गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.