ठाँटीकाध । दैलेखको ठाँटीकाध गाउँपालिका वडा न. २ मा रहेको क्वारेनटाईनमा दश जना रहेका छन् । भारतको मुम्वईबाट आएका १८ वर्षका एक युवक र भारतकै लोहाघाटबाट आएका १७ वर्ष देखि ४० वर्षका गरी १० पुरुष रहेका छन् । क्वारेनटाईनमा उनीहरुको व्यवस्थापन राम्ररी गरिएको गाउँपालिका वडा न.२ का वडा अध्यक्ष रुपलाल वि.कले बताएका छन।
कोरोना भाइरस (कोभिड–१९) को यो महामारी नियन्त्रणका लागि विदेशबाट आएकालाई विशेष निगरानी गरेर राखिएको छ । कोरोना भाईरस मानिसमाहरुमा संक्रमित बढदै गईरहेकोले यसको मध्य नजर गर्दै रोक थामको लागि वडाले क्वारेनटाइनको व्यवस्था गरेको हो ।क्वारेनटाईनमा स्वास्थ्य उपचारको पनि प्रवन्ध मिलाइएको र स्वास्थ्यक्रमीहरुले सेवा दिइरहेका छन ।
कोरोना भाइरसको लक्ष्णहरु देखा नपरेपनि क्वारेनटाइनमा रहेका मानिसको सुविधाको लागि खाना,नास्ता र चिया दिने व्यवस्था मिलाईएको अध्यक्षले बताएका छन । विदेशबाट कुनै व्यक्ति घर आएमा अथवा त्यसको लक्ष्ण देखा परेमा घरमा नराखि सोझै क्वारेनटाइनमा पठाई दिई सहयोग गर्न स्थानियहरु सँग वडाअध्यक्ष रुपलाल विकले ले अनुरोध गरेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा...