भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

यस्तो बेला यी खानेकुरा खानुहोस्

यस्तो बेला यी खानेकुरा खानुहोस्

कुनै पनि फ्लु या ब्याक्टेरियाले हाम्रो शरीरको पाचन प्रकियालाई कमजोर बनाउने हुँदा यो समय झाडापखला लाग्ने, ज्वरो आउने, टाउको दुख्ने हुँदा झन् शरीरमा इम्युनिटी शक्ति कमजोर हुन्छ र सहज रुपमा भाइरसको संक्रमण हुनसक्छ। तसर्थ यस्तो बेलामा मिक्स दाल तथा मिक्स तरकारीमा पर्याप्त मात्रामा झोल हालेर पकाएको खाना खान चिकित्सकले सुझाव दिएका छन् ।

यो समयमा उचित के ?
शारीरिक रुपमा पनि कुनै कठिन काम गर्न नपर्ने हुँदा सकेसम्म लाइट खाना खादा उत्तम हुन्छ । यो अवस्थामा हामीलाई कार्बोहाइडेट र चिल्लो पदर्थ भन्दा प्रोटिन र भिटामिनको जरुरत छ । त्यसैले यो लकडाउनको अवस्थामा शरीरलाई जरुरत पर्ने केही विधि उल्यख गरिएको छ।

सब्जी फाँडो: सब्जी फाँडो विभिन्न ताजा तरकारीहरु मिसाएर बनाउने नेपालको प्राचीन झोल तरकारी हो, जुन तरकारीमा तपाईंले कुनै पनि सब्जी मिसाउन सक्नुहुन्छ। जस्तोः फर्सी, गाजर, लौका, चिचिन्डो, इस्कुस, टमाटर, हरियो सागसब्जी इत्यादि। यो भुजा या रोटीसँग खान सकिन्छ।

पञ्चकुवा : यो सुप जस्तो विभिन्न पाँच किसिमका गेडागुडी मिसार बानाइन्छ र बहुत झोलिलो हुन्छ। ज्वानो झानेर बनाइने यो गेडागुडीको झोल तरकारी पनि तपाईंले सहज रुपमा घरमा उपलब्ध समान जुटाएर सजिलै बनाएर पिउन या भुजासँग खान सक्नुहुन्छ।

जाउलो : जाउलो एक नेपाली प्राचीन खाना हो, जसमा मिक्स दाल, चामल र मिक्स सब्जी हालेर तयार गरिन्छ । यो खाना अहिलेको अवस्थालाई अति उपयोगी सावित भएको छ ।

दालरोटी : दालरोटी राम्रो, सरल, सादा र स्वास्थ्यवर्धक मानिन्छ । त्यो संगै दूध उमालेर मुछेको पिठोलाई बेलेर सानोसानो पिसमा काटेर बनाइने दूध रोटी स्वादिष्ट र स्वास्थ्यवर्धक मानिन्छ। यो बेला अल्छि मान्नु भन्दा यस्तो परिकार बनाएर खाँदा उत्तम हुन्छ ।
ज्वानोको झोल : ज्वानोको झोल बनाएर खाँदा अहिलेको समयलाई उचित मानिन्छ। जसले शरीरलाई प्रतिरोगात्मक शक्ति बढाउनुको साथै शरीरमा तापक्रम बढाउन मद्दत गर्छ र संक्रमणको जोखिम हदसम्म हटाउँछ।

आलु, तामा, बोडी : आलुतामा, बोडी खाना पनि अहिलेको लागि उत्तम हुनसक्छ र सहज रुपमा बनाउन सकिन्छ।

अन्डाकरी : यो तरकारी पनि एक प्रोटिनयुक्त झोल तरकारी हो। यो सहज रुपमा घरमै बनाउन सकिन्छ।

कुखुराको मासुको झोल : नेपाली स्टाइलको कुखुराको मासुमा पर्याप्त मात्रामा पानी र गरम मसला हालेर बनाइएको स्वादिष्ट, सरल, पौस्टिकयुक्त र मौलिक खाना हो। यो भुजा या कोदो, फापरको ढिडोसँग खादा उत्तम हुन्छ ।

दही र मकैको च्याँख्ला : मकैको च्याँख्ला र दही मुछेर खाँदा स्वादिष्ट, फाइबरयुक्त र स्वास्थ्यवर्धक हुन्छ। यसलाई हाम्रो प्राचीन र मौलिक खाना पनि मानिन्छ।

भटमासको सुप : भटमास भिजाएर पिसेर सहज रुपमा बनाएर पिउदा स्वास्थ्यवर्दक छ ।

ज्वानो जाउलो र मेथी जाउलो : ज्वानो या मेथी झानेर मिक्स भेज, मिक्स दाल, थोरै चामल, हरियो सागसब्जी हालेर झोलिलो तवरले बनाएको खाना अहिलेका लागि निकै उत्तम मानिएको छ । त्यसैले यस्ता खानेकुरा लकडाउनका बेला खान चिकित्सकले सुझाव दिएका छन । यस्ता खानाले रोगप्रतिरोधी शक्ति दिने भएकाले कोरोनासंग लड्न सकिने बताउका छन् ।

 


Thali Mobile Pvt.Ltd.