रुकुम । योजना माग्ने मगन्त्येका कारण विकास हुन नसकेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । विकासका नाममा विचौलिया हाबी भएको दावी गर्दै शाहीले बजेट माग्ने योजनामा स्वार्थको गन्ध आउने जिकिर गरे ।
विकासमा घुसेका विचौलियलाई बजेट दिदा विकासले गतिलिन नसकेकाे उनकाे भनाइ छ । अपेक्षाकृत विकास नहुनको मुख्य कारण ध्यान नदिएर योजना हाल्ने परिपाटी भएको बताए । योजना र बजेट दिने त्यसको प्रभावकारी अनुगमन नहुँनु पनि समस्या भएको शाहीले बताए ।
योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको उनको भनाइ छ । कम लगानीमा बन्नुपर्ने योजनमा धेरै बजेट मागगर्ने र दिने गरेको पनि पाईएको शाहीले दावी गरे

