भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर

हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर

काठमाडौं । खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भएको संयुक्त राष्ट्रसङ्घले भनेको छ । घर र व्यवसायहरूले वार्षिक १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना खेर फालेको वा थन्काएर राखेको राष्ट्रसङ्घको फुड वेस्ट इन्डेक्स प्रतिवेदनमा उल्लेख छ ।

विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने गरेको पाइएको छ । झण्डै ८० करोड मानिस भोकै बस्न बाध्य रहेको अहिलेको समयमा प्रतिवेदनअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको झण्डै २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो ।

खानाको नोक्सानीले पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ । धेरैजसो खाना घरहरूबाट खेर गएको हो ।

राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले खानाको नोक्सानी विश्वव्यापी त्रासदी भएको र यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.